Section 4
आतंकवादी कृयाकलापमा वित्तीय लगानी गर्न नहुने
(१) कुनै व्यक्तिले आतंककारी कार्यमा वा आतंककारी व्यक्ति वा आतंककारी संगठनले पूर्ण वा आंशिक रुपमा प्रयोग गर्ने वा गर्न सक्ने कुरा थाहा पाउदा पाउदै गैरकानूनी मनसायले स्वेच्छापूर्वक कुनै पनि माध्यमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्पत्ति वा कोष उपलब्ध गराउन वा सड्ढलन गर्न हुदैन । (२) कुनै व्यक्तिले उपदफा (१) मा उल्लिखित कुनै कार्यको उद्योग गर्न  हुदैन । (३) कुनै व्यक्तिले आतंककारी कार्य गर्नको लागि वा आतंककारी व्यक्ति वा आतंककारी संगठनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कुनै पनि माध्यमबाट भौतिक सहयोग वा साधन स्रोत उपलब्ध गराउन वा सोको षड्यन्त्र गर्न हुदैन । (४) कुनै व्यक्तिले उपदफा (१), (२) वा (३) मा उल्लिखित कुनै कार्यको सम्बन्धमा देहायको कुनै कार्य गर्न हुदैनः– (क) त्यस्तो कार्य गर्न मतियारको रुपमा काम गर्ने, (ख) त्यस्तो कार्य गर्न अन्य व्यक्तिलाई संगठित गर्ने वा निर्देशन दिने, वा (ग) त्यस्तो कार्य गर्ने वा त्यस्तो कार्य गर्ने सामूहिक उद्देश्य राख्ने व्यक्तिहरुको समूहलाई अपराधिक कार्यमा बढावा दिन वा त्यस्तो उद्देश्य हासिल गर्न जानी जानी योगदान दिने । (५) यस दफामा उल्लिखित कार्यका सम्बन्धमा देहायको अवस्था विद्यमान भएमा समेत आतड्ढवादी कृयाकलापमा वित्तीय लगानी हुनेछः– (क) आतंककारी कार्य नभएमा वा सोको उद्योग नभएमा, (ख) सम्पत्ति वा कोष कुनै आतंककारीरी कार्य वा सोको उद्योगमा वास्तविक रुपमा प्रयोग नभएमा, (ग) सम्पत्ति वा कोष कुनै खास आतंककारी कार्यसँग सम्बन्धित भए वा नभएमा, (घ) आतंककारी कार्य वा आतंककारी कार्य गर्न खोजिएको कार्य सो कार्य भएको वा गर्न खोजिएको मुलुक वा भूभाग वा अन्यत्र जहाँसुकै भएमा वा हुने भएमा, (ङ) आतंककारी व्यक्ति वा आतंककारी संगठन त्यस्तो कार्य गर्ने व्यक्ति  रहेको मुलुक वा भूभागमा रहे वा नरहेमा वा अन्यत्र रहेमा, वा (च) सम्पत्ति वा कोष वैधानिक वा अवैधानिक जुनसुकै स्रोत वा माध्यमबाट सड्ढलन गरिएको वा उपलब्ध गराइएको भएमा । (६) कुनै व्यक्तिले उपदफा (१), (२), (३), (४) वा (५) मा उल्लिखित कार्य गरेमा त्यस्तो कार्य आतंकवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर हुनेछ ।